पूर्णरुपमा दुरबिन र हार्माेनिक प्रविधिबाट बुद्ध हस्पिटलमा पाठेघरको अप्रेशन
दाङ । सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका वडा नंम्बर ५ की विमला गिरीलाई तल्लो पेट दुख्न थाल्यो । १÷१ वटा छोराछोरी हुर्काइ सकेर तेस्रो सन्तान कान्छो छोराको जन्मपछि २०६७ सालदेखि उनीलाई यस्तो समस्याले सताउन थाल्यो । उनलाई यहि समस्याले ११ वर्षसम्म सतायो ।
उपचारको क्रममा चेकजाच गर्दा पाठेघरमा घाउ भएकाले पेट दुख्ने गरेको पत्ता लाग्यो । २०६७ सालदेखि उनीले उपचारकै क्रममा स्थानीय अस्पतालदेखि काठमाण्डौ उपत्यकाका विभिन्न अस्पतालसम्म धाइन् ।
नियमित रुपमा औषधी खाए तर उजको स्वास्थ्यमा कुनै सुधार आउन सकेन् । यहि क्रममा ३८ वर्षिय गिरी घोराहीको बुद्ध हस्पिटलमा पुग्दा अहिले उनको सफल उपचार भएको महशुस उनीले गरेकी छिन् ।
पाठेघरको दुखाईबाट ग्रसित भएकी गिरीले भनिन् ‘वर्षाैदेखि औषधी खादा खादा थकित भैसकेको थिएन् । यस्तो हँुदाहुँदै क्यान्सर पो भाईहाल्छ की भन्ने मनमा अर्काे चिन्ताले सताउँथ्यो । साझ निद्रा लाग्दैन्थ्यो । पाठेघरभित्रको घाउ हेर्न पनि नसक्ने, दुख्ने र सताउने मात्रै हुन्थ्यो । उपचारको क्रममा काठमान्डुको थापाथलीबाट २ वर्ष औषधी खाए ।
सल्यान तथा नेपालगञ्जका अस्पतालसम्म पनि पुगे । त्यसपछि तिन महिना पहिले घोराहीको बुद्ध हस्पिटलमा आई पुगे । तिन महिनासम्म पनि औषधी खाएर निको नभएपछि दुर्बिन विधिबाट अप्रेसन गरियो । त्यसपछि अहिले अप्रेसन भएको केही दिनमै सहज महशुस भएको छ,–उनीले भनिन् ।
त्रिवेणी गाउँपालिका वडा नंम्वर ५ को महिला वडा सदस्य समेत रहएकी विमला गिरीको पाठेघरको अप्रेसन टोटल ल्याप्रोसकोपी हिस्ट्रेरिकटोमी (टिएलएच) विधिबाट गरिएको हो । यो टोटल ल्याप्रोसकोपी हिसट्रेरिकटोमी विधिबाट पश्चिम नेपालमै पहिलो पटक अप्रेसन गरिएको बुद्ध हस्पिटल प्रालीका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिए ।
स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिमला तिवरीको तेतृत्वमा एनेस्थेसिया डा. प्रकाश कार्की, सर्जन रमेश बस्नेत तथा नर्सहरुको सक्रियतामा उनीको अप्रेसन सफल भएको प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए ।
स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिमला तिवरीको दुर्विन विधिबाट अप्रेसन गरेर पाठेघर नै निकालेको पश्चिम नेपालमै पहिलो पटक भएको उनले बताए । चिरेर गरेको भन्दा ल्याप्रोसकोपी विधिबाट अप्रेसन गर्दा बिरामीलाई हुने दुखाई तथा घाउहरु न्युन हुने उनले बताए ।
अपे्रसनमै करिव ६ घण्टा खर्चिएको उनले बताए । अप्रेसन गरेको दुई, तिन दिनमै विरामीलाई अप्रेसन गरेको महशुस नहुने बताए । चिरेर अप्रेसन गर्दा यस्को तुलनामा पैसा थोरै खर्च भएपनि ल्याप्रोसकोपी र हार्माेनिक प्रविधिबाट अप्रेसन गर्दा विरामीलाई निकै सहज हुने र चाडै निको हुने भएकाले दाङसहित छिमेकी जिल्लाका बिरामीहरुका लागि यो विधिको अपरेसन बरदान सावित भएको बताए ।
अप्रेसनपछि विमला गिरी
औषधी खादा खादा करिव ४ लाख रुपैयाँ खर्च भैसकेको गिरीले बताइन्. । अहिले अप्रेसन गर्दा अप्रेसन चार्ज ४५ हजार सहित १ लाख १५ हजार रुपैयाँ मात्रै खर्च भएको थियो । कम खर्चमै सफल उपचार पाउँदा अहिले खुशी लागेको उनीले बताइन् ।
उनीले भनिन् ‘अप्रसेन भएको आज शुक्रबार ९ दिन भयो । यो ९ दिनमा चिरेर अप्रेसन गरेको भए बेड रेष्ट र अस्पतालमै हुन्थे होला ल्याप्रोस्कोपी विधिमाफ् अप्रेसन हुँदा म मज्जाले हिड्डुल गर्न सक्ने भैसके ।
काठमान्डुलगायतका ठाउँमा उपचारका लागि मान्छेहरु दौडी रहदा छिमेकी जिल्ला दाङमै सफल उपचार पाउँदा निकै खुशी लागेको छ, गिरीले भनिन् ।