दाङ क्रिकेट लिगसँग शिखर इन्स्युरेन्सको सहकार्य, २ करोड बढिको बिमा

दाङ । आउँदो चैत्र १२ गतेदेखि सुरु हुन लागेको दाङ क्रिकेट लिगसँग शिखर इन्स्युरेन्स कम्पनी लिमिटेड घोराही शाखाले सहकार्य गर्ने भएको छ ।

खेलमा सहभागी हुने सम्पूर्ण खेलाडीहरुलाई प्रतियोगीताका क्रममा निम्तीने जोखिम तथा चोटपटकको सुरक्षाका लागि २ करोड २५ लाख रुपैयाँ बराबरको विमा कम्पनीको तर्फबाट गरिएको हो ।

दाङ क्रिकेट लिगमा सहभागी हुने ७५ खेलाडीहरुको प्रति खेलाडी ३ लाख रुपैयाँका दरले २ करोड २५ लाख रुपैयाँ बराबरको बिमा गरिएको शिखर इन्स्युरेन्स घोराही दाङका ब्रान्च म्यानेजर रविकिरण केसीले जानकारी दिए ।

यस्तै संघले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग ‘दाङ क्रिकेट लिग’का ५ वटै टिमका मालिकको टुंगो लागि सकेको जनाएको छ । खेलाडीहरुको अक्सन गरेर आयोजना गर्न लागेको प्रतियोगीतामा ५ टिमले सहभागीता जनाउँदै छन् ।

दाङमा क्रिकेटको सम्भावनालाई अझ ब्यापक बनाउने उद्देश्यले यो प्रतियोगीता आयोजना गर्न लागिएको जिल्ला अध्यक्ष प्रदीप मजगैंयाले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस