दाङ क्रीकेट लिगको अक्सन फाल्गुन ३० गते

दाङ । दाङ जिल्ला क्रिकेट संघले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग ‘दाङ क्रिकेट लिग’का ५ वटै टिमका मालिकको टुंगो लागेसङै फाल्गुन ३० गते अक्सनको तयारि मा लागेको छ ।

घोराही उपमहानगरपािलका–१७ गुलरियास्थीत क्रिकेट मैदानमा चैत १२ गतेदेखि पहिलो पटक खेलाडीहरुको अक्सन गरेर आयोजना गर्न लागेको प्रतियोगितामा ५ टिमले सहभागीता जनाउँदै छन् ।

दाङमा क्रिकेटको सम्भावनालाई अझ ब्यापक बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला अध्यक्ष प्रदीप मजगैंयाले जानकारी दिए । प्रतियोगिताका लागि पाँचौ तथा अन्तिम टिम तुल्सिपुर रोयल्स को स्वामित्व लिनका लागि तुल्सिपुरका युवा व्यवासायी विनिल केसी आएका छन् । घोराहीमा हुने प्रतियोगिताका लागि अहिले मैदान निर्माणको काम चलिरहेको छ भने अब चाँडै नै खेलाडीको अक्सनको मिति फाल्गुन ३० गते गर्ने तयारी गरिएको छ ।

यसैगरी देउखुरीका समाजसेवी जानकीलाल बस्नेतले पनि टिम लिएका छन् । उनले आफ्नै क्षेत्र देउखुरी वारियर्स नामक टिम लिएका हुन् । घोराही टाइगर क्लब भने अविनाश जंग राणाले लिएका छन् । काठमाडौंको ठमेलमा रहेको प्लेब्वाए लाउन्जका सञ्चालक राणाले लिएका हुन् ।
यसैगरी दंगाली लायन नामक फ्रेन्चाइज क्रिकेट क्लबको स्वामित्व दाङका व्यवसायी किरणकिशोर घिमिरले लिएका छन् ।

दाङको क्रिकेट विकासका लागि युवाहरु सक्रिए भएकाले टिम लिएर हौसला प्रदान गरेको घिमिरेको भनाई रहेको छ । यस्तै, प्रतियोगिताका लागि पहिलो टिम खरिदकर्ता भने पुरन्धारा क्रिकेट क्लब नै बनेको थियो । क्लबका अध्यक्ष बालकृष्ण खत्रीले सुरुमै पुरन्धारा च्यालेन्जर्स लिएका थिए ।

पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएकोले प्रायोजकहरुको समस्या परेको भन्दै क्रिकेटलाई माया गर्नेहरुबाट थोरै थोरै भए पनि आर्थिक सहयोग उठाएर प्रतियोगिता आयोजना हुन लागेको छ । स्वदेश तथा विदेशमा बस्नेहरुबाट अहिले नियमति रुपमा आर्थिक संकलन भएको अध्यक्ष मजगैंयाले नेप्लेजलाई बताए ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति देखि विभिन्न समयमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरुले पनि साथ दिएका छन् । २०४२ सालमै तत्कालिन राप्ती अञ्चलबाट प्रतिनिधित्व गर्दै प्रतियोगिता खेलेका उपेन्द्र भट्टराईदेखि क्यानका पूर्व सहसचिव तथा अन्तर्राष्ट्रिय खेलाडी किरण शमसेर राणा, दाङका पूर्व खेलाडी विशाल अधिकारी लगायतले सहयोग गरेका छन् ।

लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा थापा देखि विभिन्न जिल्ला अध्यक्ष हएउको राम्रो साथ दाङ्ले पाएको छ । यसैगरी नेपाल क्रिकेट संघ क्यानका कार्यबहाक सचिव प्रशान्त मल्लले प्रतियोगिताको सर्वाधिक रन स्कोररलाई दिइने नगद पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी केन्द्रीय सदस्य दुर्गाराज पाठकले प्रतियोगिताको उत्कृष्ट बलरलाई प्रदान गर्ने रकमको प्रायोजन गरेका छन् ।

हस्पिटालीटि पार्टनरको रुपमा भिंग्रेली रिसोर्ट रहेको छ भने किसान ट्रेडिङ कन्सर्न–इसुजुले गोल्ड स्पोन्सर गरेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस