दाङका ९७ प्रतिशत नागरिकले कोरोना बिरुद्धको खोप लगाए

दाङ । दाङका ९७ प्रतिशत नागरिकहरुले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ९७ प्रतिशतले पहिलो डोज र ८७ प्रतिशत नागरिकले दोस्रो डोज खोप लगाएका हुन् ।

पहिलो डोज खोप लगाउने नागरिकको संख्या ४ लाख २५ हजार २६ जना रहेको छ भने दोस्रो डोज लगाउनेको संख्या ३ लाख ९६ हजार ९ सय १८ जना रहेको छ ।

सबैभन्दा धेरै घोराहीका ९७ प्रतिशत र तुलसीपुरका ८७ प्रतिशत नागरिकहरुले कोरोना बिरुद्धको दोस्रो डोज खोप लगाईसकेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस