खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि तुलसीपुरलाई
घोराही । आज दाङमा सम्पन्न खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरले जितेको छ । निकै प्रतिष्पर्धात्मक खेलमा तुलसीपुरले राप्ती गाउँपालिकालाई हराएको हो ।
तुलसीपुरले पहिलो सेट जिते पनि त्यसपछिका दुुई सेट खेल लगातार राप्ती गाउँपालिकाले जितेको थियो । दवावमा परेको तुलसीपुरले उत्कृष्ट पुनरागमन गर्दै राप्ती गाउँपालिकालाई अन्तिम सेटमा १९–१७ मा हरायो । बेस्ट अफ फाईभको आधारमा खेलाइएको खेलमा तुलसीपुरले राप्तीलाई समग्रमा २५–२०, २३–२५, १९ –२५, २५–१८ र अन्तिम सेट १९–१७ आफ्नो पक्षमा पार्न सफल भयो ।
लिग चरणको उद्घाटन खेलमा हार तुलसीपुरसँग हार व्यहोरेको राप्तीले फाईनलमा हराउने सपना पूरा गर्न सकेन । उपाधि जितेसँगै तुलसीपुरले नगद २ लाखसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको राप्तीले नगद १ लाखसहित ट्रफी उचालेको छ ।
गत फागुन १६ गतेबाट नेपाली कांग्रेस खेलकुद विभागले आयोजना गरेको प्रतियोगितामा जिल्लाका दशवटै पालिकाले सहभागीता जनाएका थिए । प्रतियोगितामा जिल्लासहित राष्ट्रिय स्तरमा खेलाडी पनि सहभागी भएका खेल संयोजक राजु आचार्यले जानकारी दिए ।