देशभर ३५० कोरोना संक्रमित थपिँदा, ४ जनाको मृत्यु

काठमाडौं  ।  नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ७ हजार ९६ जनाको  पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   ३ हजार ५३८ जनाको  पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ९८ जना र ३ हजार ५५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ८९४ पुगेको छ ।   पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार २७२ जना निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ । हाल नेपालमा १३ हजार ३५७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस