धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब रुपैयाँ निकासा

दाङ । सरकारले बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब रुपैयाँ निकासा गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भइ आएका जिल्लामा मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निणर्य भएको गृह मन्त्रालयले जनाएको छ ।
मापदण्ड २०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम उपलब्ध गराउन लागिएको हो । गएको कार्तिक पहिलो हप्ता बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो ।
अर्थ मन्त्रालयबाट निकासा रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमा ल्याई धानबालीमा क्षति पुगेका दाङ, रोल्पा, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, बर्दिया, प्युठान, पर्वत, हुम्ला, जुम्ला, कालीकोट, बाजुरा, बैतडी, कञ्चनपुर, कैलाली लगायत ३१ जिल्लाका किसानलाई राहत उपलब्ध गराउने निणर्य भएको हो ।
ती जिल्लाका विपद् व्यवस्थापन कोषमा ८५ करोड चार लाख रुपैयाँ रकम निकासा भइसकेको गृह मन्त्रालयले जनाएको छ ।