७ महिनामा १७ प्रतिशतमात्रै विकास खर्च

दाङ । लुम्बिनी प्रदेशमा चालुआर्थिक वर्षको ७ महिनामा अवधिमा १७ प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन । चालुआर्थिक वर्षको माघ मसान्तसम्ममा पुँजीगत खर्च १६.८६ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ । यसले प्रदेशमा विकासको कार्यले गति लिन नसकेको देखाएको छ ।
पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार बजेट रहेकोमा ७ महिनाको अवधिमा ३ अर्ब ७८ कारोड ८२ लाख ११ हजार ६ सय ५३ रूपैयाँ ९ पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालुतर्फ २१.८२ प्रतिशत खर्च भएको छ ।
चालुतर्फ १८ अर्ब ४८ करोड ८१ लाख ६ हजार बजेट रहेकोमा ४ अर्ब ३ करोड ४२ लाख ६६ हजार २ सय ८२ रूपैयाँ ९९ पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिए । चालुआर्थिक वर्षको ७ महिनाको अवधिमा २० प्रतिशत पनि पुँजीगत रकम खर्च हुन नसक्नु विकासका काम हुन नसकेको यसका जानकारहरू बताउँछन् । हालसम्म करिब ५० प्रतिशत पँुजीगत खर्च भइ सक्नुपर्ने उनीहरूको भनाइ रहेको छ ।