तुलसीपुरमा राजा मःम

तुलसीपुर । आहा अभियान तुलसीपुरले सामाजिक कार्यसँगै युवालाई उद्यममा जोड्न थालेको छ । अभियानले बिहिबारदेखि तुलसीपुरमा राजा मःम सञ्चालनमा ल्याएको छ । अभियानका युवाहरु कोही पनि बेरोजगार नहोउन् भन्ने उद्देश्य अनुरुप युवा तुफान ओलीसहितले करिब ६ लाखको संयुक्त लागतमा राजा मःम सञ्चालनमा ल्याएका हुन् ।

अभियानको साझेदारीमा तुलसीपुर सञ्चालनमा आएको राजामा विभिन्न परिकारका मःम सुपथ मुल्यमा उपलब्ध गराउने अभियानका संयोजक दिपक काफ्लले बताए । उनका अनुसार फेसबुकबाट पनि मःमको अर्डर दिन सकिने भएको छ । अर्डर दिएको करिब १० मिनेटमा सेवा उपलब्ध गराउने उनले बताए ।

ब्यबसायको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्घाटन गरेका हुन् । उनले अभियानले थालेको युवा रोजगार लक्षित कार्यक्रम सञ्चालन गरेकोमा कामको प्रशंसा गरे । हाल अभियानमा संलग्न युवाको सक्रियतामा भट्टराई बाजेको पेडा घर, रानी केक लगायतका ब्यवसाय सञ्चालित छन् । राजा मःमले २ जनालाई रोजगारमा समेत जोडेको अभियान संयोजक काफ्लेले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस