निर्मल गुरुङको अलराउन्ड प्रदर्शनमा देउखुरी क्रिकेट एकेडमीको बिजय सुरुवात
दाङ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खडकप्रसाद गौचन चौथो स्मृति यु १६ क्रिकेट प्रतियोगिता २०७८ को ग्रुप बि अन्तर्गत आज भएको पहिलो खेलमा देउखुरी क्रिकेट एकेडेमीले धनगढी क्रिकेट एकेडेमीलाई ४७ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको देउखुरीले निर्धारित २५ओभरको खेलमा ९ विकेट गुमाई १७८ रन बनायो । देउखुरीका निर्मल गुरुङले १ छक्का र ५ चौकाको आक्रमक ब्याटिङको मद्दतले २९ बलमा ४० रन बनाए । त्यस्तै प्रमेश केसीले ३३ रन, प्रकाश थारुले ३० रन बनाए ।
धनगढीको बलिङ्गमा पारस महतले ३ विकेट, महेश देउवाले २ विकेट लिए । जवाफी १७९ रनको लक्ष्य पक्षाउने क्रममा धनगढीले २२ ओभरमा आफ्नो सम्पुर्ण विकेट १३१ रनमा गुमायो । धनगढिका लागि सचिन साउदले २४ रन, निरज अएरले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
धनगढिलाई त्यस्तैमा समेट्न देउखुरीका अनिल भट्टराई, करन घर्ती मगर र निर्मल गुरुङले सम्मान २÷२ विकेट लिए । उक्त खेलको म्यान अफ द म्याच निर्मल गुरुङ भए ।