दाङमा आज ३ जनामा कोरोना पुष्टि

घोराही । दाङमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३० जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा र १५ जनाको पिसिआर परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

पिसिआर विधिबाट आज संक्रमण पुष्टि हुनेमा घोराही, राप्ति र तुलसीपुुरका १/१ जना रहेका छन् । यस्तै एन्टिजेनविधिबाट घोराहीमा ५ जना, लमही र बंग्लाचुलीका १/१ जनामा संक्रमण देखिएको छ । यस्तै थप आज १३ जना निको भएका छन् । निको हुनेमा पिसिआर परिक्षणबाट कोरोना देखिएका घोराहीका ४ र राप्तिका १ जना रहेका छन् । यस्तै एन्टिजेन विधिबाट कोरोना देखिएका मध्ये घोराही र तुलसीपुरका २/२ जना, दंगिशरण र राप्तीका १/१ जना रहेका छन् ।

जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ४१ रहेको छ । त्यसमध्य घरमा ३६ जना, सामान्य उपचारमा ३ र आईसियूमा २ जना रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस