आज दाङमा २ जनामा कोरोना पुष्टि, २३ जना निको
दाङ । आज दाङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा घोराही, जिल्ला बाहिरका १÷१ जना रहेका छन् ।
त्यस्तै वितेका २४ घण्टामा दाङका २३ जना निको भएका छन् । निको हुनेमा घोराहीका १९ जना, तुलसीपुर, दंगीशरणका १÷१ जना र जिल्ला बाहिरका २ जना रहेको केन्द्रले जनाएको छ ।
जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ५२ रहेको छ । त्यसमध्य घरमा ४८ जना, सामान्य उपचारमा र आईसियूमा २र२ जना रहेका केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस