सिपीले ल्यायो खेलकुदमा महिला आकर्षण

गढवा । उमेरले ५० नाघेका महिलाहरु खेल मैदानमा टिसर्ट, हापपाईण्ट र जुत्ता लगाएर फूटवल खेल्न तम्सिएका छन् । कसैले बच्चा बोकेरै हेरालु लिएर खेल खेल्न आएका छन् । सबैजसो बच्चाका आमाहरु र कोही नाती नातिनाका हजुआमाहरु पनि फूटवल खेल्न तम्सिएका छन् । महिला रेफ्रीहरु फुटवल कोड बनाई रहेका छन् त धेरै जसो महिलाहरु खेल डे«समा सजिएर मैदानमा दौडीरहेका छन् ।

यो रमाइलो दृष्य खेलकुद कार्यक्रममा सिपि नेपालले ल्याएको शुक्रबार गढवाको ५ नम्बरमा रहेको खेल मैदानको रौनक हो । क्रियटिङ पोसिबिलीटीज नेपाल (सिपी नेपाल)ले देउखुरी क्षेत्रका राप्ती, गढवा र राजपुर गाउँपालिकाका आमा समूहहरु बिच आयोजना गरेको फुटवल प्रतियोगितामा निकै उत्सुक भएर खेलकुद खेल्न आएका हुन ।

खेलकुद खेल्न आएका महिलाहरु कसैको हातमा कुक्कर पुरस्कार छ त कसैको हातमा डेप्ची र पराँत समातिएका थिए । उमेरले ४५ नाघेका गृष्मा चौधरी, राधा पौडेल र शान्ता सुवेदीलाई खेल खेल्न आसाध्यै मन पर्ने भएकोले खेल्न आएको बताइन् । खेल खेलेर कुक्कर पुरस्कार पाएको उनीले बताइन् । त्यसो त अञ्जु चौधरी, रामप्रसादी चौधरी र परमेश्वरी चौधरी पनि दिनभर फुटवल खेले । खेल खेल्न उमेरले छेक्दैन । खेल स्वास्थ्यकालागि पनि फाइदा जनक हुने भएकोले हामी खेल्न आएका हौं उनीले भने । फुटवल खेलेर कुक्कर, तक्मा, शिल्ड मात्र होइन तरकारी काट्ने पराँत, पकाउने डेप्ची र खाने थाली समेत पुरस्कार पाइयो । सिपी नेपालले हरेक बर्ष आमा समूहमा आवद्ध महिलाहरु बिच खेलकुद प्रतियोगिता, बक्तृत्व कला र हाजिरीजवाफलगायतका प्रतियोगिता राखेर जाँगरुक बनाएको उनहरुको भनाई छ ।

माघीको अवसरमा सिपी नेपालद्वारा आयोजना गरिएको आमा समूह तथा महिला समूहहरु बिचको फुटवल खेल एक कार्यक्रमका बिचमा बिजेताहरुलाई पुरस्कार वितरण गर्दै शुक्रबार समापन गरेको छ । संस्थाका बिद्यार्थी संयोजक दिपा चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा बिजेताहरुलाई पुरस्कार वितरण गर्दै खेलको समापन गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले खेल मानव स्वास्थ्यको समृद्धि र चेतनाको ताजगी भएको बताए ।

कार्यक्रममा दुई दिनसम्म संचालन भएको फुटवल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने रिना चौधरी, गृष्मा चौधरी, सर्मिला चौधरी, सुनिता चौधरी, सिता चौधरी, शान्ती चौधरी, फुलमति चौधरी, सुष्मा चौधरी, सुनिता चौधरी, रेनु नेपाली, बिमला बिक, शुसीला गुप्ता र शान्ता सुवेदीलाई शिल्ड, कप, प्रमाणपत्र र एक एक थान कुक्कर पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी द्धितिय स्थान हाँसिल गर्ने प्रतिक्षा चौधरी,बिष्णु चौधरी,राधा पौडेल, सुनिता चौधरी,सिता चौधरी,चम्फा चौधरी,परमेश्वरी चौधरी,कमला चौधरी,गिता चौधरी,तिर्सना खड्का,अन्जु चौधरी,रामप्रसादी चौधरी र सुनिता कुमारी चौधरी लाई शिल्ड,कप,प्रमाणपत्र र डेप्ची प्रदान गरिएको थियो ।

त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने सबैलाई सिपि नेपालले पराँत र थाली लगायतका पुरस्कारहरु प्रदान गरेको छ । कार्यक्रमको सहजीकरण सिपी नेपालका बिद्यार्थी बिभागका कर्मचारी हेमराज शर्मा, महिला संयोजक सरिता चौधरी र पे्रसा चौधरी लगायतले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस