दाङमा आज ९ जनामा कोरोना पुष्टि, ३९ जना निको
घोराही । दाङमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ जनाको पिसिआर र ३० जनाकोे एन्टिजेन परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा घोराही, राप्ती र दंगिशरणमा २/२, तुलससीपुर र गढवाका र जिल्ला बाहिरका १/१ जना रहेका छन् ।
त्यस्तै वितेका २४ घण्टामा दाङका ३९ जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका १८ जना, राप्तीका १०, तुलसीपुर ७, दंगीशरणका शान्तीनगर र गढवाका १/१ जना रहेका केन्द्रले जनाएको छ ।
जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ७३ रहेको छ । त्यसमध्य घरमा ६७ जना, सामान्य उपचारमा र आईसियूमा ३/३ जना रहेका केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस