थप २४ घण्टामा १३६९ संक्रमित थपिँदा, १२ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० पीसीआर परीक्षणमा १ हजार १३ जना र ३ हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी १३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ । त्यस्तै, २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस