दाङमा खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने

घोराही । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा घोराहीमा पालिकास्तरीय ‘खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता २०७८’ हुने भएको छ ।

नेपाली कांग्रेस दाङले गठन गरेको स्वर्र्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको आयोजनामा आगामी फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीमा पालिकास्तरीय खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुन थालेको हो ।

आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो । प्रतियोगिताको बिजेता टिमले नगद एक लाख ७५ हजार रुपैयाँ पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक राजु आचार्यले जानकारी दिए ।

संयोजक आचार्यका अनुसार प्रतियोगितामा उपबिजेता हुने टिमले नगद ८७ हजार पाँच सय रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । आयोजकका अनुसार प्रतियोगितामा जिल्लाका दशवटा स्थानीय तहबाट एक÷एक भलिवल टिमले सहभागीता जनाउन पाउने छन् ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस