नेपालमा थप ३१७५ संक्रमित थपिँदा, १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर गर्दा २ हजार ७४२ र २ हजार ५७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ७२३ जना कोरोना मुक्त भएका छन् । योसँगै ८ लाख ८७ हजार ४४३ जना कोरोना मुक्त भएका छन् । त्यस्तै सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ ।
यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ७७८ पुगेका मन्त्रालयले जनाएको छ । देशभर हाल ६३ हजार २९६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस