दाङमा आज थप १७ जनामा कोरोना पुष्टि, ७८ जना कोरोनामुुक्त

दाङ । आज दाङमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज विभिन्न पालिकामा ५० जनाको एन्टीजेन परिक्षणबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा दाङमा पिसिआर परिक्षण गरिएको छैन् ।

यस्तै आज थपिनेमा घोराहीका १४, तुलसीपुरका ३ र दंगीशरणका १ जना रहेका छन् । यसैविच आज ७८ जना कोरोनामुुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका २९, तुलसीपुरका १५, दंगिशरणका ९, गढवाका ३, लमहीका १, राप्तिका १४ र जिल्ला बाहिर रोल्पाका ६ जना रहेका छन् ।

दाङमा अहिले सकृय बिरामीको संख्या २९३ मा झरेको छ । उनिहरु मध्य २८५ जना घरमै, ७ जना आईसीयुुमा र १ जना अक्सिजनसहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस