दाङमा आज थप ७८ जनामा कोरोना पुुष्टि

दाङ । आज दाङमा थप ७८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । ५० जनाको पिसिआर परिक्षणबाट २४ जना र ८५ जनाको एन्टीजेन परिक्षणबाट ५४ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

यस्तै आज थपिनेमा घोराहीका २४, तुलसीपुरका २२, दंगीशरणका १२, राप्तीका १४, गढवा २ तथा लमही र जिल्ला बाहिरका १÷१ जनामा कोरोना देखिएको हो । आज ७८ जना थपिएसँगै दाङमा सकृय बिरामीको संख्या ४ सय ७० पुगकोे छ । उनीहरु मध्य ४ सय ६२ जना घरमै, ६ जना आईसीयुुमा र २ जना अक्सिजनसहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । आज ३९ जना कोरोनामुुक्त भएका छन् ।

घोराहीका १४, राप्तीका ७, लमहीका ६, तुलसीपुरका ४, दंगिशरणका ३, गढवाका १ र जिल्ला बाहिरका ४ जना गरी आज ३९ जना निको भएका छन् । दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या १० हजार ३ सय ८५ जना रहेको छ । ति मध्य ९ हजार ६ सय ९६ जना निको भएका छन् भने २ सय १९ जनाको मृत्युुभएको छ ।

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस