नेतृ सिद्धिकि पुन सामाजिक कार्यमा खटिदै
दाङ । कोभिडको तेस्रो लहर आउने संकेत देखिदै गर्दा २० बर्षदेखि सामाजिक कार्यमा लागेकि नेकपा एमालेकी नव निर्वाचित केन्द्रिय सदस्य नेतृ साजिदा सिद्धिकी फेरी कोभिड प्रतिकार्य योजना अनुसार काम गर्न फिल्डमा खटिएकी छिन् । कोरोना भाइरस संक्रमण नेपालमा आएदेखि नेतृ सिद्धिकीले बिभिन्न समस्यामा परेका नागरिकलाई सहयोग गर्दै समाजमा आफ्नो गतिलो छबि बनाउन सफल भएकी छिन् । उनीले अस्पतालमा स्वास्थ्य सामग्री बितरणदेखि लिएर गरिब तथा बिपन्न परिवारको चुलो बाल्ने र १० रुपैयाँ पनि नभएर मास्क लगाउन नसकेका नागरिक उनीले मास्क बैंक मार्फत निःशुल्क मास्क बितरण गरेकी छिन् ।
समाजमा काम गर्दै गर्दा राजनीतिक माहोलमा होमिएकी नेतृ सिद्धिकीलाई पार्टीले पनि काम र क्षेमताको आधारमा केन्द्रिय सदस्यमा नियुक्त गरे पश्चात उनी केहि समय पार्टीकै काममा ब्यस्त भएकी थिइन् । जसका कारण सामाजिक कार्यमा समय दिन पाएकी थिइन् । पार्टीले दिएको काम जिम्मेवार पुर्वक निर्वा गरे पश्चात कोभिड पहिलो लहर दोस्रो लहर हँुदै तेस्रो लहरमा आइरहदा नेतृ सिद्धिकी आफै फिल्डमा खटिएर काम गर्ने बताइन् । कोभिडको जोखिम बढेसँगै पहिलो तथा दोस्रो कोभिडको जोखिमको बेला नेतृ सिद्धिकीको नेतृत्वमा सिसा नेपालका कार्यसमिति सदस्य, कर्मचारी, काउन्सलरहरु, तथा स्वयमसेवकहरुले दाङ तथा टिकापुरमा काम गरेका थियो ।
नेकपा एमालेको केन्द्रीय सदस्य भयपछि फिल्डमा खटिन तथा जिल्लामा हुने धेरै कार्यक्रममा उपस्थित हुन नपाएकी सामाजिक अभियन्ता समेत रहेकी सिद्धिकीले जोखिमका बिच सिसा नेपाले संचालन गरेका सिसा टक सो, सिसा काउन्सलर सेन्टर, सिसा फुड बैंक, सिसा मास्क बैंक आफ्नै नेतृत्वमा काम हुने जानकारी दिइन् । हरेक परिस्थितिमा सबैले आत्मवल बढाउन सहयोग गर्नुका साथै सदैव समाज प्रतिको कार्यलाई संमान गर्नु भएकै कारण फेरी पनि फिल्डमा आफुलगायत टिम खटिने जानकारी दिइन् । सिसा नेपालको केन्द्रिय कार्यालयमा आज बसेको बैठकले फिल्डमा गई काम गर्ने निर्णय गरेको हो । संस्थाकी अध्यक्ष, अन्य पदाधिकारी तथा काउन्सेलरहरुको उपस्थितिमा बैठक बसी यस्तो निर्णय भएको अध्यक्ष सिद्धिकीले बताइन् ।