प्रदेश २ को स्थायी राजधानी जनकपुर

काठमाडौं । प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेशसभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेका छन् । प्रदेश सभामा १०४ जना सांसद छन् ।

प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुर रहने उल्लेख छ ।

जनकपुर दुई तिहाइबाट पारित भएसँगै अन्य प्रस्ताव निष्क्रिय भएको छ ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस