देउखुरी बिजुलि पसलद्वारा आयोजित देउखुरी ब्यापि फुटबल प्रतियोगिताको बिजेता टिम देउपुर

दाङ । दाङको देउखुरी लमहि नगरपालिका ३ मजगाउँमा स्थित मसानघाट खेलमैदानमा आज सम्पन्न भएको देउखुरी बिजुली पसलद्वारा आयोजित देउखुरी ब्यापि फुटबल प्रतियोगिता २०७८ को दुई खेलमा तृतीय स्थानको लागि टिम बरुवागाउँ र टिम टिकुलिगढ र फाइनल खेलमा टिम देउपुर र टिम लमही भिडेको थियो । उक्त खेलको तृतीय स्थानको लागि भएको खेलमा टिम बरुवागाउँ र फाइनल खेलको बिजेता टिम देउपुर घोषणा भएको हो ।

त्योभन्दा पहिले तृतीय स्थानलाई भएको टिम बरुवागाउँ र टिम टिकुलिगढको म्याचमा भने टिम बरुवागाउँ बिजय भएको थियो । करिब बिहान ११:१५ मा सुरु भएको उक्त खेलको नतिजा पहिलो हाल्फ सकिदाँ सम्म कसैले पनि गोल हान्न नसकेर बराबरि भएको थियो तर खेलको दोस्रो हाल्फमा भने दुबै टिमले २-२ गोल भएर बराबर भएको थियो । उक्त बराबरिपछि खेल एक्स्ट्रा टाइम तिर गएको थियो तर उक्त टाइमको २ हाल्फसम्म पनि कुनै टिमले गोल गर्न नसक्दा खेल अन्तिम नतिजाको लागि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउटमा भने बरुवागाउँले टिकलिगढसङ ४-३ गोल अन्तरले बिजय भएर तृतीय स्थान हासिल गरेको हो । उक्त बिजय टिमले टिका, मेडल, प्रमाणपत्र र नगद रु ५ हजार प्राप्त गरेको हो ।

त्यस्तै फाइनल खेल करिब दिउँसो १:३०बजे सुरु भएको उक्त फाइनल खेलको पहिलो हाल्फमा १-१ को बराबरीमा रोकिएको थियो । त्यस्तै दोस्रो हाल्फको खेलमा ३-२को अग्रता लिएको टिम लमहिले आफ्नो गोल बचाउन नसक्दा टिम देउपुरले गोल हान्यो र रेफ्रीले गोल भएको घोषणा गरे अनि खेल बराबरि भएको थियो । तर उक्त गोललाई टिम लमहिका खेलाडीले अस्वीकार गरेपछि एकैछिन बिबाद भयो । त्यसपछि रेफ्रीले दुबै लाइनमेनसङ छलफल गरेर गोल नै रहेको बताए ।

त्यसपछि टिम लमहीले उक्त गोल अस्विस्कार गर्दै मैदान छाडेको थियो । टिम लमहीका खेलाडीहरु बाहिर निस्केर जान थालेपछि फेरि आयोजक र रेफ्री बिचको कुराकानिले १० मिनेट भित्र सम्पुर्ण खेलाडीहरुलाई खेलमैदानमा प्रबेश गर्नभन्दा समेत टिम लमहि उपस्थित नभएपछि आयोजकले टिम देउपुरलाई बिजय घोषणा गरेको थियो । उक्त टिम देउपुरका खेलाडिहरुलाई टिका लगाई मेडल प्रमाणपत्र साथै प्रथम पुरस्कार नगद रु २० हजारसहित २० किलोको बोका प्रदान गरेका थिए ।

रेफ्रीको निर्णय अस्वीकार गर्दै मैदान छाडेपछि आयोजकले द्वितीय पुरस्कार भने खारेज गरेको थियो । त्यस्तै प्रतियोगिता भरि नै म्याच रेफ्रीको भुमिका निभाएका रबिन जिसि रहेका थिए । उनलाई पनि आयोजकले कदर गर्दै सम्मानपत्र प्रदान गरेको हो । खेलको आयोजना देउखुरी बिजुली पसलका संचालक लक्ष्मण पौडेल, तिलक खनाल र नरेश गोराथोकिले मिलेर गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस