मोहन खत्रीको अर्धसतकमा दाङको बिजय सुरुवात

दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रीकेट प्रतियोगिता अन्तर्गत लुम्बिनि छनोट प्रतियोगिताको ग्रुप बि मा रहेको दाङले अफ्नो पहिलो खेलमा बिजय सुरुवात गरेको छ । आज भएको पाल्पा भर्सेस दाङको खेलमा टस जिति पाल्पाले ब्याटिङ गर्ने निर्णय गर्यो । पहिलो ब्याटिङ गर्ने क्रममा निर्धारित ४० ओभरको खेलमा ७विकेट को क्षतिमा १५८ रन बनायो ।

पाल्पाको लागि ओपनर बस्याल ए ले सर्बाधिक ४० रन, नरेश कुमार नेपालिले ३६ रन, राजेन्द्र मान शाक्यले २१ रन, मेहुल श्रेष्ठले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अन्कको रन बनाउन सकेनन पाल्पालाई सस्तैमा समेट्न दाङ बलर अमित तामाङले ८ओभरमा ३० रन खर्चेर ३विकेट , बिर बहादुर घर्ति र अनुप न्यौपानेले २-२ विकेट लिए । तेस्तै तुल बहादुर थापाले १ विकेट लिए ।

१५९रनको लक्ष्य पाएको दाङले उक्त लक्ष्य ३४ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो । जवाफि ब्याटिङ गर्ने क्रममा दाङका मोहन खत्रीले नट आउट ६१*(६८) । उनले ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सन्देश कुमार पाण्डेले ४ चौका सहित ३३ रन, अनुप न्यौपानेले २ चौका सहित २० रन नट आउट र मनोज पुनले १ छक्कासहित १९ रन बनाए ।

दाङलाई रोक्न खोज्ने क्रममा पाल्पाका बलर
केशवले ७ ओभरमा १७ रन खर्चेर ३ विकेट , तेस्तै नरेश कुमार नेपालि र सागर थापा क्षेत्री ले १ विकेट, रुपेश बस्यालले २ विकेट लिएका थिए । उक्त खेलको म्यान आफ द म्याच ६१* रन नट आउट बनाउने मोहन खत्री भए ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस