राजविर सिंहको कप्तानिमा लुम्बिनी प्रदेश छनोट खेल्ने दाङ क्रीकेट टिमको घोषणा

दाङ । दाङ जिल्ला क्रीकेट संघले राजविर सिंहको कप्तानिमा लुम्बिनी प्रदेश छनोट खेल्ने दाङ जिल्ला टिमको १४ सदस्य टोलिको नामसहित ४ बैकल्पिक खेलाडीको नाम घोषणा गरेको छ ।

तीन दिनको अभ्यास खेलपछि उक्त खेलाडीहरुको टिम लिष्ट तयार पारिएको हो । दाङ टिमको नाम लिस्ट राजबीर सिंह –कप्तान), सुशान्त सिंह थापा (उप कप्तान) (विकेट कीपर), बिराट सिंह भण्डारी, शिशिर डि सी, आशीष वली, तुलबहादुर थापा, सन्देश पाण्डे, मनोज पुन, बिर बहादुर घर्ती, मोहन खत्री, करण घर्ती मगर, शंकर बुढा, अमित तामाङ, अनुप न्योपाने रहेका छन् ।

यस्तै बैकल्पिक खेलाडीहरुमा निराजन केसी, सुमन दासौदी, भोजराज खत्री, रामवरण यादव रहेका छन् । त्यस्तै प्रशिक्षकमा सन्जु छेत्री र टिम ब्यवस्थापकमा बाल कृष्ण खत्री रहेका छन् ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस