लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो छनौट सुरु

दाङ । लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो छनौट प्रतियोगिता बिहिवारदेखि दाङको तुलसीपुरमा सुरु भएको छ । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सासद माननीय संकर गिरीले गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सासद गिरिले खेलकुद मानव जिवनको अभिन्न अंग भएको बताए । मानव स्वास्थ्यसंगै रास्ट्रको शान र गौरव उच्च राख्ने खेलकुद नै हो यसर्थ यो जिवनको अभिन्न अंग हो उनले भने । यसको उच्च आदर्शलाई खेलाडीले आत्मसात गर्नुपर्ने उनको भनाई थियो ।
मैले सिङ्गो खेलकुदलाई आफू नखेलेर पनि गर्व लाग्ने थलोको रुपमा बुझेको छु यसमा उच्च अनुशासन र सम्मान छ जसले जीवनको हरेक पद्धतिलाई सुन्दर बनाईदिन्छ उनले भने । साथै उनले आफू खेलकुद क्षेत्रसंग जोडिएरै खेल बिकासको उचित वातावरण निर्माणमा आफू लागि पर्ने समेत बताए । कार्यक्रम नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सासद संकर गिरिको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अबसरमा नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन सुनारले प्रतियोगिता बारे प्रकाश पारेका थिए । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश उपाध्यक्ष जित बहादुर केसीको स्वागत रहेको कार्यक्रमको संचालन महासचिव बिनिल केसीले गरेका थिए ।
दुईदिनसम्म संचालन हुने प्रतियोगिताको महिला तथा पुरुष गेरुगी तर्फ ८/८ तौल समुह र पुम्से तर्फ कडा प्रतिस्पर्धा हुनेछ । प्रदेश छनौट भएका खेलाडीहरुले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजना यहि पुस १५ देखि १७ गतेसम्म काठमाडौमा हुने मेयर कप रास्ट्रीय तेक्वान्दो प्रतियोगितामा भाग लिनेछन ।
प्रतियोगितामा लुबिनी प्रदेशका दाङ, बाके, बर्दिया, रुपन्देही, अर्घाखाँची, रोल्पा र प्युठानका गरि एकसय पचासी खेलाडिको सहभागिता रहेको दाङ जिल्ला तेक्वान्दो संघका सचीव बम बहादुर बिकले जानकारी दिए ।