महिला बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच शिविर
गढवा । गढवा गाउँपालिकाको आयोजना र आम्दा माइन्सको सहयोगमा संचालित आम्दा नेपाल मातृ शिसु स्वास्थ्य परियोजनाको सहयोग तथा समन्वयमा शनिबार देउखुरीको गढवामा महिला तथा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य जाँच शिविर संचालन गरि औषधिसमेत वितरण गरिएको छ ।
शिविरको उद्घाटन एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गरेका थिए । शिविरमा आम्दा अस्पताल बुटवलका वालरोग बिशेषज्ञ डा.अरुण पोखे्रल, स्त्रिराग बिशेषज्ञ डा.शर्मिला शर्मा र फिजिशियन डा.केशब शर्माले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । सो शिविरमा महिलाहरुका लागि इम्प्लाण्ट राख्ने सेवा पनि प्रवाह गरिएको थियो ।
शिविरमा २७० जना महिला, ५७ जना बालबालिका र फिजिसियन सेवा ५० जना गरि कुल ३ सय ७७ जनाको बिरामहिरुको स्वासथ्य जाँच गरिएको आम्दा नेपालको उक्त परियोजनाका प्रबन्धक राजेन्द्र श्रचालले जानकारी दिए । शिविरमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनजन्य समस्या भएका र पाठेघरको समस्या भएका बिरामीहरु बढी देखिएको स्त्रिीरोग बिशेषज्ञ डा.शर्मिला शर्माले जानकारी दिए । सो अवसरमा गढवास्थित शुभतारा बोर्डिङ स्कूलले बिरामीहरुलाई घरसम्म पु¥याउने र शिविरमा ल्याउने कार्यका लागि २ वटा बस सेवा सौजन्य गरेको थियो । शिविरमा आम्दा माइन्सका परियोजना संयोजक प्रदिप पन्तद्वारा अनुगमन तथा सुपरिवेक्षण गरिएको थियो भने चेकजाँच गरिएका सबै बिरामीहरुलाई निःशुल्क औषधि र स्वासथ्य परिक्षणको समेत ब्यवस्था गरिएको कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी दिए ।
आम्दा नेपालले गढवा गाउँपालिकाका आठवटै वडाहरुमा गाउँपालिकासँगको समन्वय सहकार्यमा बिगत ३ बर्ष अगाडीदेखि मातृशिसु स्वास्थ्य परियोजना संचालन गरि आमा र नवजात शिसुको स्वास्थ्यका बारेमा महत्वपूर्ण योगदान गरेको र गढवा गाउँपालिकाका पाँच स्थानमा गाउँघर स्वास्थ्य क्लिनीक तथा चार स्थानमा सामुदायिक स्वास्थ्य इकाई भवनहरु समेत निर्माण गरेको छ । त्यस्तै आगामी माघ महिनामा आम्दा नेपालले गढवाका वडा नं. १,२ र ३ लाई लक्षित गरि माघ ८ गतेका दिन गोबरडिहामा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने ठेगान गरेको प्रबन्धक रुचालले जानकारी दिए ।