तेस्रो वडा अध्यक्ष कप फुटबल सुरु, कचिली बि र टरिगाउँको बिजयी सुरुवात

दाङ । तुलसिपुर उपमाहानगरपालिका वडा नम्बर १२ को हरिपौरामा आईतवारदेखि तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ ।

डबरा टोल बिकास संस्था तुलसीपुर १२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को आर्थिक सहयोगमा पशुपती माबी हरिपौरा खेलमैदानमा संचालित प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका उपमेयर एवं कार्यबहाक मेयर माया आचार्यले गरेकी हुन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले स्वस्थ जिवनका लागि खेलकुद महत्त्वपूर्ण भएको बताए ।

खेलकुद रास्ट्रकै पहिचान हो, यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई सबैले आत्मसाथ गर्न सके खेल बिकासले फड्को मार्ने उनीको भनाई थियो । कार्यक्रममा नेकपा एमाले तुलसीपुर १२ का उपाध्यक्ष भिमबहादुर बस्नेत, नेकपा माओबादी केन्द्रक तुलसीपुर १२ का सचिव हरि बुढाथोकी, नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर १२ का ईन्चार्ज उज्ज्वल घिमिरे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अबसरमा रझेनी टोल बिकास सस्था तुलसीपुर १२ ले स्वागत नृत्य प्रस्तुत गरेको थियो !

डबरा टोल बिकास सस्थाका सचिव खगेन्द्र अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका कार्यबहाक मेयर माया आचार्यको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सुर्य बहादुर डागी श्यामको बिशिस्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

स्थानीयस्तरमा फुटबल खेलको पहुच अभिवृद्धि संगै खेलाडीको पहिचान गर्ने उद्देश्य साथ आयोजना गरिएको प्रतियोगितामा वडा भित्र स्थापित १० टिम को सहभागिता रहेकोछ ।
प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५०, ३५ र २५ हजार तथा कप, मेडल, प्रमाणपत्र हात पार्नेछन ।

त्यस्तै ब्यक्तिगत बिधा तर्फ बेस्ट प्लेयर र बेस्ट किप्परको उपाधी हात पार्ने खेलाडी लाई जनही २५ सय नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिए । चार दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईनेछ । यसैबिच आईतवार सम्पन्न उद्घाटन खेलमा कचिली बि बिजयी भएको छ । उसले क्वाङी लाई सुन्यका बिरुद्ध २ गोल अन्तरले पराजित गरेको हो ।

त्यस्तै टरिगाउँले ट्राईबेकरमा आयोजक डबरा टोल लाई १ का विरुद्ध २ गोल पराजित गर्‍यो ।
प्रतियोगिता अन्तरगत सोमबार बिहान कपडादेबी र कचिला, टरिगै र क्वाङी भिड्नेछन् । खेल बिहान १० बजेपछी हुनेछ । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर केसी र सुरेश मगर रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस