मन्त्री अथकले गरे दाङका खेलकूद संरचनाको निरीक्षक

दाङर । युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले दाङमा रहेका खेल पुर्वाधारको निरिक्षण गरेका छन् । दुई दिने जिल्ला भ्रमणका लागि दाङ पुगेका मन्त्री अथकले बेलझुण्डी र रामपुरमा रहेका खेल पुर्वाधारहरूको निरिक्षण गरेका छन् ।

राष्ट्रिय खेलकूद परिषद्को प्रतिनिधिसहित बेलझुण्डी रंगशालाको निरिक्षणमा पुगेका मन्त्री अथकले निर्माणाधिन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भईसकेका खेल संरचनाको संरक्षण गर्नुपर्ने बताए । राज्यको करोडौं लगानीमा तयार भएका खेल संरचना संरक्षण अभावमा जिर्ण हुने अवस्थामा पुग्नु दुखद् भएको भन्दै मन्त्री अथकले सम्बन्धी स्थानीयले नै संरक्षणका लागि अपनत्व लिनुपर्नेमा जोड दिए ।

निर्धारित समयमै नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता संचालन गर्न आवश्यक तयारी सुरू भईसकेको बताउँदै मन्त्रीले आठौं राष्ट्रिय खेलकूद प्रतियोगीताका पुर्वाधारको मर्मत सम्भार तथा थप नयाँ पुर्वाधार निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिने बताए । ‘हामिसँग प्रयाप्त मात्रमा खेल पुर्वाधारहरू छन् मन्त्रीले भने, उपलब्ध पुर्वाधारमै नवौं राष्ट्रिय खेलकुद परतियोगीता संचालन गर्न सम्भव छ, हामी त्यसको तयारीमा जुटेका छौं ।’

अनुगमनका क्रममा मन्त्रीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका खेल संरचनाका साथै दाङ जिल्ला क्रिकेट संघको कार्यालय, घोराही कभर्ड हल, राष्ट्रिय खेलकुद परिषद्को कार्यालय तथा कार्यालयसँगै रहेको रंगशालाको सिन्थेटिक ट्रयाकको समेत अनुगमन गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस