रमेश खरेलले घोषणा गरे नयाँ पार्टी
काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक ९ डिआईजी० रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए ।
उनले देशमा अहिले कुशासन व्यप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए। उनले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शीरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौँ ।’ उनले सेवा गरेर मेवा खाने नभइ सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए ।
प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस