एमालेले १० सिट जित्दैन: चाैधरी

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विद्रोहपछि निर्माण भएको पार्टी भएको पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले दाबी गरेका छन । कपिलवस्तु पार्टीको दोस्रो पूर्ण वैठकमा बोल्दै नेता मेटमणि चौधरीले बाहिर एकीकृत समाजवादी पार्टीको जसरी एमालेवाट फुटेर बनेको पार्टी भन्ने हल्ला र केपी ओलीले एमालेबाट चोईटिएको सानो टुक्रा भनेजस्तो नभएर विद्रोह गरेपछि निर्माण पार्टी भएको बताए ।
पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका नेता चौधरीले कम्युनिष्ट आन्दोलन जोगाउनका लागि विद्रोह गरेर पार्टी निर्माण भएको उनको भनाई रहेको छ । माधव नेपाल लगायत हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था तयार भएको थियो उनले भने ‘केपी ओलीले दलाल र पुजीवादीहरुसगँ मिलेर कम्युनिस्ट आन्दोलन समाप्तिको खेलमा लागेका थिए । उनले विद्रोह गरेर निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नेपालमा भएका सवै कम्युनिस्ट पार्टिहरुका विचमा एकता गरेर ठुलो पार्टी बन्ने आधार तयार भएको वताए ।
अहिले सुर्य चिन्ह पाएको केपी ओली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न बाँकी रहेको उनको भनाई थियो । हिजो वहुमत दिनुस हामी ५ वर्ष नमुना सरकार निर्माण गरेर सुखि नेपाली समृद्ध नेपाल वनाउछौ भनेर मत मागेर बहुमत दिएका नेपालीहरुलाई अब पनि भोट दिनुस ३ वर्षमा संसद विघटन गर्छौं भनेर केपी ओलि कम्पनी निर्वाचनमा जालान त ? उनी भन्छन् ‘त्यसकारण अब केपी कम्पनीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट पनि जित्न सक्दैनन् ।’
कपिलवस्तु जिल्ला वैठकमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र वहादुर खत्री, केन्द्रीय सदस्य मिना परियार केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ, जिल्ला अध्यक्ष लकां वहादुर हमाल लगायत वोलेको पार्टी जिल्ला प्रचार विभाग प्रमुख विकास वन्जाडेले जानकारी दिए ।