हिजो मेराे खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्रीको खुट्टा समाइरहेका छन् : ओली

g]skf -Pdfn]_ cWoIf cf]nL dxflwj]zgnfO{ ;Daf]wg lrtjg, !) dªl;/ M g]skf -Pdfn]_ cWoIf s]kL zdf{ cf]nL g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_ sf] z’qmaf/b]lv b]j3f6df ;’? ePsf] b;f}F /fli6«o dxflwj]zgnfO{ ;Daf]wg ub}{ . t:jL/ M k|bLk/fh jGt÷/f;;

चितवन । एमाले अध्यक्ष केपी ओलीले हिजो आफ्नो खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाइरहेको बताएका छन् । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै त्यस्तो बताएका हुन् । केही दिनअघि प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री जस्तै भएको अभिव्यक्ति दिएका थिए । 

प्रचण्डको सोही अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भने ‘आफू प्रधानमन्त्री नभए पनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको र कठपुतली जस्तै नचाइरहने बताउन थालेका छन् ।’ उनले प्रधानमन्त्रीले चाहेर पनि मन्त्रीहरूकै असहयोगका कारण राम्रो काम गर्न नसक्ने दाबी गरे । हिजो आफूलाई काम गर्न नदिनेहरू अहिले प्रधानमन्त्रीको खुट्टा समाउन लागिपरेको उल्लेख गरे ।

ओलीले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गरे । उनले हजारौं पूर्वलडाकूलाई आफ्नो पार्टीमा प्रवेश गराउनेसमेत उद्घोष गरे । माओवादी केन्द्रका नेताकै कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको ओलीले आरोप लगाए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस