दाङ क्षेत्र नंं. १ को सभापतिमा पाण्डे, २ मा खड्का विजयी

दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत दाङ क्षेत्र नं। २ को संघीय सभापतिमा भिमप्रकाश खड्का बिजयी भएका छन् । संस्थापन पक्षधर खड्काले प्रतिस्पर्धीलाई १०० मत अन्तरले पराजित गरेका छन् । खड्काले ३६६ मत प्राप्त गर्दा संस्थापन इतरका चित्रबहादुर डाँगी ९निर्मल०ले २६६ मत प्राप्त गरेका थिए । बुधबार बिहान प्राप्त मत परिणाम अनुसार सचिव पदमा खड्का प्यानलकै आरके सितल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरि बिजयी भएका छन् । आरके सितल पत्रकार महासंघ दाङ शाखाका सचिव पनि हुन ।

त्यस्तै सहसचिव पदमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरि निर्वाचित भएका छन् । पाण्डे घोराही १५ का वडाध्यक्ष हुन । निर्वाचन क्षेत्र नं. २ मा कुल ६५१ मतदाता मध्य ६४२ मतदान भएको थियो । त्यस्तै क्षेत्र नं. १ मा संघीय सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन् । संस्थापन पक्षधर पाण्डेको प्यानल नै निर्वाचित भएको छ । दाङ क्षेत्र नं. १ स्वर्गीय नेता खुमबहादुर खड्काको निर्वाचन क्षेत्र हो । निर्वाचित पाण्डेले ४२२ मत प्राप्त गर्दा संस्थापन इतरका सर्वजित् डिसीले २५७ मत मात्रै प्राप्त गरेका थिए । पाण्डेले डिसी भन्दा १६५ मत बढी प्राप्त गरेका थिए ।

त्यस्तै सचिव पदमा पाण्डे प्यालनका खेमलाल चौधरीले ४२१ र हरिहर शर्मा ४०० मत प्राप्त गरि निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धीहरू कृष्ण कुमार चौधरी २३५ र राजेन्द्र खड्का २३८ मत प्राप्त गरेका थिए । त्यस्तै सहसचिव पदमा गोविन्द कुमार वली ४६३ र प्रकाश कुमार जिसी ४०८ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरूका प्रतिस्पर्धी मीनराज अधिकारी २४२ र जमिर साहले १८३ मत प्राप्त गरेका थिए । निर्वाचन क्षेत्र नं. १ मा कुल ६९४ मतदाता मध्य ६८५ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस