कांग्रेस महाधिवेशन: रुपन्देही–२ को मतगणना स्थलमै पौडेल समूहका उम्मेदवार माथि आक्रमण

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देही क्षेत्र नम्बर २ को मतगणनास्थलमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घ बहादुर केसी(कुमार )माथि आक्रमण भएको छ ।

रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका केसीलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले आक्रमण गरेको हो । मतगणना जारी रहेको अवस्थामा उम्मेदवार केसी माथि आक्रमण आक्रमण भएपछि मतगणना स्थगित भएको छ । केसीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जानकारी दिए ।

मतगणनामा पौडेल समूहका उम्मेदवारहरुले अग्रता लिएका थिए । आक्रमण पछि अहिले मतगणना स्थगित भएको छ । ग्लोबल आवाजबाट साभार

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस