दाङ काँग्रेस : मन्त्री चौधरी महाधिवेशन प्रतिनिधिमा निर्विरोध

फाइल तस्बिर दाङ ।  दाङ निर्वाचन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन । थारू कोटाबाट उम्मेदवार बनेका चौधरीको मात्रै उम्मेदवारी परे पछि उनी महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका हुन । त्यस्तै थारू महिना कोटाबाट कल्पना चौधरी निर्विरोध निर्वाचित भएकी छन । क्षेत्र नं ३ मा एक सय भन्दा बढी थारू प्रतिनिधिहरू चुनिएका छन ।

त्यसै गरेर उर्जा जलस्रोत तथा  सिँचाइ राज्य मन्त्री अर्जुनकुमार श्रेष्ठ आदिवासी जनजातिको कोटाबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन । उनी पनि निर्विरोध निर्वाचित भएका हुन । त्यसै गरेर आदिवासी जनजाति कोटाबाट नै नेपाली काँग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना पनि निर्विरोध निर्वाचित भएकी छन । अन्य सबै पदमा निर्वाचन हुने भएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस