माओावदी केन्द तुलसीपुर १६ को अध्यक्ष नेपाली र सचिवमा केसी

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र्र तुलसीपुर उपमहानगरपालिका नं. १६ को अध्यक्षमा कमल नेपालीलाई चयन गरिएको छ । वडाको आज सम्पन्न सम्मेलनले नयाँ बस्नेतको अध्यतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा भूमा भण्डारी, सचिवमा चुर्णबहादुर केसी, सहसिचव भुपबहादुर वली, कोषाध्यक्ष प्रविना थापामालाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा नरेश राणा, बिरबल केसी, रेश्मा परियार, प्रेमलाल चौधरी, लालबहादुर खड्का, निर्मला चौधरी, लक्ष्मीप्रसाद चौधरी, गोपाल चौधरी, सोवतलाल चौधरी, जयसुद्रा चौधरी, देवबहादुर योगी, महेश चौधरी, आशाराम चौधरी, भिमसेन सुनार, लक्ष्मीप्रसाद शर्मा, झरणा बस्नेत, बिना परियार, कल्पना डाँगी, दिलबहादुर वली, मनबहादुर खड्का, अमृत खड्का, हुकुम खड्का, जोगेन्द्र सुनारलाई चयन गरेको हो । बाँकी ७ सदस्य कमिटीले मनोनयन गर्ने निर्वाचन कमिटी संयोजक नन्दबहादुर खड्काले जानकारी दिए ।

वडा सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका जिल्ला सदस्य शिबान्द डाँगीले एमाले परिवर्तनको बिरोधी भएकोले दुई पटक संसद विघटन गरेको बताए । जनयुद्धको बलमा नेपालमा परिवर्तन आएको भन्दै परिवर्तनको रक्षा माओवादीे मात्रै गर्न सक्ने उनको भनाई थियो । गाउँ–गाउँमा माओबादीको जनलहर उत्साहपूर्ण रहेकोे उनको भनाई थियो ।

सम्मेलनलाई तुलसीपुर उपमहानगरपालिका कमिटी सदस्य मिनराज वलीले समानुपाति समावेशी एजेण्डा माओवादी भएको बताए । उनले सबै उत्पिडन माओवादीले अन्त्य गर्ने उनको भनाई थियो । त्यस्तै अहिले देश माओवादीको एजेण्डा वरिपरी रहेकोले सबै प्रगतिशिल परिवर्तन चाहाने अग्रगामी शक्तिहरु माओवादी केन्द्रमा गोवलबद्ध हुन जरुरी रहेको बताए ।

सम्मेलनमा दोर्ण केसी, नरेन्द्र वली, पुर्व जनमुक्ति सेना घाइते सुरेश वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । अध्यक्ष चन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भुपबहादुर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस