एमालेको नेतृत्वमा देश बिकास सम्भव : पौडेल

हापुरे । बबई गाउँपालिकाको मलई क्षेत्रमा नेकपा माओबादी केन्द्रको उपस्थिति सुन्य भएको छ । मलयईमा शुक्रबार नेकपा माओबादी केन्द्रका तर्फबाट २५ जना एमालेमा प्रबेश गरेपछि केन्द्रको उपस्थिति सुन्य भएको हो ।
नेकपा एमाले बबई वडा कमिटीले आयोजना गरेको भेटघाट तथा प्रवेश कार्यक्रममा स्थानीयस्तरमा राजनीतिक पकड रहेका नेकपा माओबादी केन्द्रका कार्यकर्ता एमालेमा प्रबेश गरेका हुन् । बबई गाउँपालिका वडा नम्बर ७ को मलइ जलजलाक्षेत्रमा राजनीतिक पकड राख्ने केन्द्रका स्थानीय नेताहरु एमाले पाटीमा प्रबेश गरेका हुन् ।
स्थानीय तहको निर्बाचनमा २०७४ सालमा केन्द्रका तर्फबाट निर्वाचनमा वडा सदस्यका उम्मेदवार बनेका रेवन्त खत्री, गीता परियारसहित २५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । नबप्रबेशीलाई बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
खत्री र परियारको नेतृत्वमा टोपबहादुर विक, देउती माबिका विद्यालय ब्यवस्थापन समिकिा अध्यक्ष डिलराज घर्ती, खुमानन्द खत्री, खड्कबहादुर विकलगायतले प्रबेश गर्नुभएको हो । गएको असोज अन्तिम साता नेपाली कांग्रेसबाट मलई निवासी राजकुमार खड्काले पार्टी प्रवेश गरेका थिए ।
२५ जना एमालेमा प्रबेश गरेपछि मलई क्षेत्रमा नेकपा माओबादी केन्द्रको उपस्थिति सुन्यमा झरेको छ । नेकपा एमाले बबई ७ का अध्यक्ष रुपा रानाको अध्यक्षतामा पाटी भेला तथा प्रबेश कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष पौडेलले नेकपा एमालेको नेतृत्वमा देशमा बिकास र परिबर्तन सम्भव रहेको बताए ।
कार्यक्रममा नबप्रबेशीका तर्फबाट बोल्दै टोपबहादुर बिकले मलई क्षेत्रको बिकासका लागि नेकपा एमालेको नेतृत्व सही रहेको निष्कर्षसहित पार्टीमा प्रबेश गरेको बताए । वडा कमिटीका उपाध्यक्ष टोपबहादुर बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब जगत चौधरीले गरेका थिए ।