बिद्यार्थीहरुद्वारा गढवाको स्वास्थ्य अवस्था सार्बजनिक

गढवा । नेपाल संजिवनी इन्सिटीच्यूट अफ हेल्थ सायन्स प्रालि घोराहीमा एच.ए तेश्रो वर्षमा अध्ययनरत बिद्यार्थीहरुले गढवा गाउँपालिकाका चार गाउँहरुको स्वास्थ्य अवस्थाबारे सुच्छम अध्ययन गरि एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका छन् ।

गढवा गाउँपालिकाका अध्यक्ष,स्थानीयवासी र स्वास्थ्य प्रमुखहरुलाई आमन्त्रण गरि देउखुरी सामुदायिक पुस्तकालयमा एक कार्यक्रमबिच गढवाका हाँसीपुर, मनिकापुर, आँटीपाकर र कुमालगाउँको स्वास्थ्य अवस्थाका बारेमा आफ्नो अध्ययन सार्बजनिक गरेका हुन ।

सो इन्स्टिीचयूटमा अध्ययनरत विद्यार्थीहरुले झण्डै डेढ महिना सामुदायिक तथ्यांक प्रस्तुत गरि गढवा गाउँपालिकाको स्वास्थ्य शाखालाई सजग गराएका छन् । उनिहरुले समुदायस्तरमा १५० घरहरुमा तथ्यांक लिई सामुदायिक स्वास्थ्य सचेतना प्रबाह गरेका छन् भने स्थानीय सरकारलाई पनि स्वास्थ्य अवस्थाको बारेमा जानकार िगराएका छन् । गाउँपालिकाका अध्यक्ष सहजराम यादव, स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरी, गढवा स्वास्थ्य चौकी प्रमुख रुपनारायण चौधरी लगायत स्थानीय संघसंस्था र समूदायलाई आमन्त्रण गरि सचेतना सन्देश दिएको विद्यार्थीहरुले बताएका छन् ।

कार्यक्रममा खानेपानीको सुद्धताको अवस्था, उच्च रक्तचाँप र यसबाट बच्ने अवस्था, सर्ने र नसर्ने रोगहरुको अवस्था, स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुको अवस्था र पोषण, कुपोषण, कोभिड, झाडा पखाला, भाइरल लगायतका रोगहरुका विषयहरुमा स्थलगत अध्ययनबाट संकलन गरिएको तथ्यांक प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सो इन्सिच्यूटले गढवालाई रोजेर स्वास्थ्य अवस्थाको अध्ययन तथा ओजेटी गर्न पठाएकोमा धन्यवाद दिएका थिए । बिद्यार्थीहरुको समूहले सुच्छम अध्ययन गरि प्रस्तुत गरेको स्वास्थ्य अवस्थाको तथ्यांकलाई गाउँपालिकाले मनन गर्दै स्वास्थ्य अवस्था सुधारका लागि थप कामहरु अगाडी बढाउने उनले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस