पार्टी फुटपछि झन् बलियो भएको छ: निर्मल आचार्य

राजपुर । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल आचार्यले नेकपा एमाले र माओवादी केन्द्र फुटेपछि झन बलियो भएको बताए । नेकपा माओवादी केन्द्र राजपुर गाउपालिकाको दोस्रो बिस्तारित बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो धारणा राखेका थिए । पार्टी फुटपछि कतिपय ब्यक्तिहरु लाई माओवादी केन्द्र कमजोर भएको भन्दै भ्रम छर्ने गरे पनि यथार्थ त्यस्तो नरहेको उनको दाबी छ । ‘हामिले पार्टी एकता गर्दा एमालेले दाङ जिल्लामा २२ हजार सदस्य र माओवादी केन्द्रले १८ हजार सदस्य रहेकोमा अहिले माओवादी केन्द्रको पार्टी सदस्य १८ भन्दा धेरैले नविकरण गएका छन् अझै पनि पार्टी सदस्यता लिनेको लर्काे छ’ उनले बताए । पार्टीको सदस्यता लिनेहरुको उभार हेर्दा आत्तिनु पर्ने र निरास हुनुपर्ने कारण नरहेको बताउँदै आफुहरु गरिब निमुखा बर्गको लागि सधैं लडिरहने जनताको पार्टी भएका कारण जनताले साथ नछाड्ने बताए ।

त्यस्तै बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने सागरले अहिलेको आवश्यकता पार्टी बिस्तार मुख्य कुरा रहेको बताए । जनाधार बिना पार्टीको योजना लागु गर्न नसकिने भन्दै जनभावना अनुरुपको नीतिनिर्माण बनाउन र लागु गर्न पनि जनाधार निर्माण मुख्य कुरा रहेको उनको जिकिर छ । आउँदै गरेको पार्टीको वडा सम्मेलनलाई लक्ष्यित गर्दै उनले अबको नेतृत्व पदका लागिभन्दा पनि काम गर्न सक्ने नेतृत्व छुट्न नहुने बताए ।

माओवादी केन्द्रले मंसिर ४ गते देशव्यापी रुपमा गर्न लागेको वडा भेलाको तयारी स्वरुप राखिएको उक्त बिस्तारित बैठकमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष मिश्रिलाल यादव नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिका निर्वाचन संयोजक बिष्णु खत्री अतिथि रहेका छन् । बैठकमा राजपुर गाउँपालिकाका ७ वटै वडा अध्यक्षहरुले रिपोर्ट प्रस्तुत गरेका थिए भने निर्वाचन संयोजक बिष्णु खत्रीले निर्वाचन सम्बन्धि जानकारी दिदै रापुरमा निर्वाचनको काम अन्तिम चरण पुगेको बताए । सम्पुर्ण ज्ञात अज्ञात सहिदको सम्झनामा मौन धारणबाट बैठक सुरु गरिएको थियो । माओवादी केन्द्र राजपुर गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्का शिखरको अध्यक्षतामा बसेको उक्त बैठकको संचालन सचिव बिष्णु यादवले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस