एमाले अध्यक्ष ओली आज नेपालगञ्ज जाँदै
Prime Minister KP Sharma Oli addresses the consultation meeting with ministers and secretaries held to discuss the issues of acid attack victims, at his official residence in Baluwatar, Kathmandu, on Thursday, September 10, 2020. Photo: PM’s secretariat/Rajan Kafle
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाँदै छन्। स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन्। २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नाममा मिश्रले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
हृदयेश त्रिपाठी निकट मानिएका मिश्र एमलेमा प्रवेश गर्ने भएपछि नेपालगञ्जका एमाले नेता कार्यकर्ता उत्साहित भएका छन् । राजनीतिक रुपमा बलियो पकड भएका मिश्र २०७४ को निर्वाचनमा राजपाका इस्तियाक राईसँग ५ हजार ६ सय मतको अन्तरले पराजित भएका थिए।
आजको कार्यक्रममा राजपाका पूर्व केन्द्रीय सदस्य करिम खानसहित ३ हजार भन्दा बढी अन्य पार्टीका कार्यकर्ता एमाले प्रवेश गर्ने नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष दत्तप्रसाद आचार्यले जानकारी दिए।
प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस