थप ३१७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

 काठमाडौं । नेपालमा थप ३१७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ९ हजार ६०९ र एन्टिजेन विधिबाट ३ हजार ४४ जनामा परिक्षण गर्दा ३१७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १६ हजार ६० र एन्टिजेनबाट ९४ हजार ९९५ जना पुगेको छ ।

यस्तै, नेपालमा थप २७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ५९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४६६ पुगेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस