थप ४४० जनामा कोरोना संक्रमण, ६ को मृत्यु

काठमाडौं । नेपालमा थप ४४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ४०७ र एन्टिजेन विधिबाट १ हजार ४०७ जनामा परिक्षण गर्दा ४४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १५ हजार ७५९ र एन्टिजेनबाट ९४ हजार ९७९ जना पुगेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार थप ४७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९६ हजार ७८० जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४६० पुगेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस