थप ५३३ संक्रमित, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १४ हजार ९१८ र एन्टिजेन विधिबाट १ हजार ८१८ जनामा परिक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १५ हजार ३७२ र एन्टिजेनबाट ९४ हजार ९२६ जना पुगेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार थप ४८४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९६ हजार ३०६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४५४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस