हिरा डाँगी स्मृति कप फूटबलको फाईनमा सक्सेस
दाङ । सक्सेस फुटबल क्लब दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ को फाइनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आईतबार सम्पन्न सेमिफाइनल खेलमा युएनबिसी घोराहीलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै सक्सेस फुटबल क्लबले फाइनल यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदान तुलसीपुरमा भएको शानदार खेलको ६७औ मिनेटमा जर्सी नं. ८ का खेलाडी बृजेश चौधरीले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । त्यस्तै जर्सी नं. ९ आशिष जिसी थिङकीले प्रहार गरेको बललाई सदुपयोग गरेका जर्सी नं. १० का सन्जु सेनले खेलको ७२औं मिनेटमा गोल गर्दै टिम लाई २–० को जित दिलाउन सफल भए । खेलअबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने जर्सी नं. ४ का खेलाडी सबिन ओली म्यान अफ द म्याच घोषित भए । उनले नगद १५ सय र ट्रफी हात पारे । त्यस्तै पहिलो गोलकर्ताको पुरस्कार जर्सी नं. ८ का ब्रीजेस चौधरीले हात पारे ।
यसैबिच प्रतियोगिताको दोस्रो सेमिफाइनलमा टरिगाउँ फुटबल क्लब तुलसीपुर १२ र साहारा क्लब लखनउ भिड्ने भएका छन् । खेल दिउँसो साढे दुई बजेपछि हुने प्रतियोगिताका संयोजक केशब चौधरी मिङमाले जानकारी दिएका छन् ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी, बेस्ट किप्पर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, हाई स्कोरर, बेस्ट कोच, बेस्ट मार्चपासलाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई ट्रफिको ब्यवस्था गरिएको छ ।