हिरा डाँगी स्मृति कप फूटबल जारी, एसएसएफए र सक्सेसको बिजयी सुरुवात
दाङ । दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ मा एसएसएफए तुलसीपुर र सक्सेस फुटबल क्लव तुलसीपुरले विजयी सुरुवात गरेका छन् । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा तुलसीपुर अरनीको खेल मैदानमा आज बिहीबार बिहान सम्पन्न खेलमा मेघा फुटबल क्लव घोराहीलाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै एसएसएफएले बिजयी सुरुवात गरेको हो ।
खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै एक गोल गरेका एसएसएफएका जर्सी नं. १० का खेलाडि किरण योगी म्यान अफ द म्याच घोषित भए । उनले नगद १५ सय तथा ट्रफी हात पारे । त्यस्तै पहिलो गोल गर्ने जर्सी नं. १० का सन्दिप बिकले नगद २ हजार पुरस्कार हात पारे । त्यस्तै दिउँसो सम्पन्न खेलमा शान्तिनगर फुटबल क्लवलाई एकका बिरुद्ध आठ गोलको फराकिलो अन्तरले पराजित गर्दै सक्सेस फुटबल क्लवले बिजयी यात्रा सुरु गरेको हो । उत्कृष्ट खेल प्रदर्शन गर्ने सक्सेसका आशिष जिसी पहिलो गोल कर्ता सँगै म्यान अफ द म्याच घोषित भए । उनले ह्याट्रिक गर्दै ५ गोल गरेका थिए । यसैबीच प्रतियोगिता अन्तरगत शुक्रबार दुई खेल हुनेछन । बिहान ७ बजे सक्सेस फुटबल क्लव तुलसीपुर र रुकुम फुटबल क्लव सेमिफाइनल यात्राका लागि भिड्नेछन् भने टरिगाउँ युथ क्लव र नवलपुर फुटबल क्लव बिच दिउँसो साढे दुई बजे खेल हुने प्रतियोगिताका संयोजक केशब चौधरी मिङमा ले जानकारी दिए ।
२०७६ साल चैत ३ गतेका दिन एक समुहको आक्रमणमा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा र्पुयाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको स्थानीय स्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउँदै संचालन गरिन लागिएको प्रतियोगितामा ईन्डियाको सहारा क्लव, अन्य जिल्ला र स्थानीय गरि १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत विधा तर्फका वेस्ट प्लेयर खेलाडी, बेस्ट किप्पर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, हाई स्कोरर,बेस्ट कोच, बेस्ट मार्चपासलाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई ट्रफिको ब्यवस्था गरिएको छ ।