एमाले गढवाको अधिवेशन

गढवा । नेकपा एमाले गढवाले आठवटै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको पार्टी अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए । जस अनुसार गढवाको वडा नं. १ मा शिरे पुरी अध्यक्ष र बिशाल बिष्ट सचिव, वडा नं. २ मा देउप्रकाश चौधरी अध्यक्ष र भानु यादव सचिव, वडा नं. ३ मा राजेश रावत क्षेत्री अध्यक्ष र रोशन चौधरी सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी वडा नं. ४ मा कमल खड्का अध्यक्ष र चेतबहादुर थापा सचिव, वडा नं. ५ मा सिता थापा अध्यक्ष र बिमला भट्टराई सचिव सर्बसम्मत चयन भएका हुन् । त्यसैगरी वडा नं. ६ मा दामोदर ढुंगाना अध्यक्ष र रोशन धिताल सचिव रहेको २७ सदस्यिय वडा कमिटी गठन भएको मतदान अधिकृत बासुदेव पाण्डेयले जानकारी दिए ।

त्यस्तै वडा नं. ७ मा श्याम बहादुर चौधरी अध्यक्ष र दिपा घर्ती सचिव रहेको २३ सदस्यिय वडा कमिटी सर्बसम्मत चुनिएको मतदान अधिकृत बेगम गहतराजले जानकारी दिए । वडा नं. ८ मा खालिक सिद्दिकी अध्यक्ष र गोपाल थापामगर सचिव रहेको २१ सदस्यिय वडा कमिटी सर्बसम्मत चयन भएको निर्वाचन अधिकृत हनुमान यादवले जानकारी दिए ।

निर्वाचन सफल पार्न संघीय संसद गांगा चौधरी र पार्टीका लुम्बिनी प्रदेश सदस्य सहजराम यादवले स्थलगत अनुगमन तथा समन्वय सहकार्य गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस