प्रथम हिरा डाँगी स्मृति कप फूटबलको तयारी अन्तिम चरणमा

दाङ । दाङको तुलसीपुरमा संचालन हुन लागेको सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ को तयारी अन्तिम चरणम पुगेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा यहि कार्तिक १० गतेदेखि तुलसिपुर ५ अरनिको खेल मैदानमा सुरु हुने प्रतियोगिताको तयारी स्वरुप खेलमैदानको घाँस काट्ने तथा मर्मत, आर्थिक ब्यवस्थापन, टिम दर्ता, अतिथि सत्कार, प्रचार–प्रसारलगायतका अति आवश्यकीय कार्यको तिव्रतासँगै तयारी अन्तिम चरणमा आईपुगेको हिरा डाँगी फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगी बमले जानकारी दिएका छन् ।
२०७६ साल चैत ३ गतेका दिन एक समुहको आक्रमणमा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा र्पुयाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष डाँगीले जानकारी दिए ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको स्थानीय स्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउँदै संचालन गरिन लागिएको प्रतियोगितामा ईन्डियाको सहारा क्लब, अन्य जिल्ला र स्थानीय गरि १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत विधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर, हाई स्कोरर, बेस्ट कोच, बेस्ट मार्चपासलाई जनही ५ हजार तथा ट्रफीले पुरस्कृत गरिनेछ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई ट्रफिको ब्यबस्था गरिएको छ । कार्तिक १६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईने छ ।