पार्टी अधिबेशनको तयारी गर्दै एमाले गढवा
गढवा । नेकपा एमाले गढवाले बुधबार अगुवा कार्यकर्ता भेला गरि आगामी कार्तिक ६ गते देशैभरी एकसाथ हुन गै रहेको पार्टीको वडा अधिवेशन र ९ गते सम्पन्न हुन गै रहेको पालिका अधिवेशनको तयारी बैठकको आयोजना गरि जिम्मेवारी बाँडफाँड गरेको छ । पार्टीका गाउँपालिका अध्यक्ष बाबुराम अधिकारकिो अध्यक्षता र इन्चार्ज सहजराम यादव तथा लुम्बिनी प्रदेश सदस्य सन्तबचन यादवको विशेष उपस्थितीमा जिम्मेवारी बाँडफाँड गरि आठवटै वडाहरुमा अधिवेशनको अन्तिम तयारी गरेको पार्टी स्रोतले जनाएको छ ।
जस अनुसार कार्तिक ६ गतेका दिन वडा नं. १ को बनघुस्री, वडा नं. २ को रात्री प्रावि पचहिया, वडा नं. ३ को गोबरडिहा र वडा नं. ४ को रामनगरस्थित पार्टी कार्यालयमा अधिवेशन गर्ने ठेगान गरेको छ । यसैगरी वडा नं. ५ को बाँकी, वडा नं. ६ को गढवा उद्योग वाणिज्य संघको सभाहल, वडा नं. ७ को ज्योति सामुदायिक वनको हल तथा वडा नं. ८ को महेन्द्र आधारभूत कोइलाबासमा गरिने भएको पार्टी अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए ।
पार्टीले अधिबेशन सफल पार्नकालागि जिम्मेवारी समेत बाँडफाँड गरेको जनाएको छ । जस अनुसार वडा नं. १ म जिल्ला सदस्यहरु देविलाल थारुकुमाल र गोबिन्द बोहोरा, वडा नं. २ मा कृष्ण गिरी, सन्तबचन यादव, वडा नं.३ मा भगवती प्रसाद चौधरी र चञ्चला चौधरी तथा वडा नं. ४ मा नरेन्द्र यादव, लोकराज अधिकारी, कमला आचार्य र पारशराम यादवलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै वडा नं. ५ मा मोहन बुढा, डिल्ली आचार्य र सिता चौधरी, वडा नं. ६ मा खिमबहादुर बुढा, मधा न्यौपाने, जया विश्वकर्मा र नसिम अहमद मनिहार, वडा नं. ७ मा क्षेत्रिय सदस्य रमेश न्यौपाने र जिल्ला सदस्य चन्द्रराज पाण्डेय तथा वडा नं. ८ मा मक्बुल अलिमिया, सन्दीप अधिकारी र अब्दुल खालिक सिद्दिकीलाई जिम्मेवारी प्रदान गरिएको एमाले गढवाले जनाएको छ ।
यसैगरी आगामी कार्तिक ९ गते सम्पन्न हुने पालिका स्तरको अधिवेशन तयारीका लागि पनि जिम्मेवारी बाँडफाँड गरिएको पार्टीले जनाएको छ । गढवा उद्योग बाणिज्य संघको सभाहलमा पालिका अधिबेशन राख्ने निर्णय भएको बैठकपछि पार्टीका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए । पार्टीको वडा अधिवेशन सम्पन्न गर्न जिल्लाबाट प्रत्येक वडाहरुमा दुई÷दुई जना कर्मचारीहरु खटिने स्रोतले जनाएको छ । अधिवेशन सफल पर्न खटिने सरकारी कर्मचारीहरुलाई पार्टीको तर्फबाट समन्वय, सहकार्य र सहयोग रहने एमाले गढवाले जनाएको छ । अबिधेशनको क्रममा पार्टिका केन्द्रिय सदसयहरु समेत रहेको जिल्ला इन्चार्ज सहितको सु–परिबेक्षण टोली समेत परिचालन हुने बताइएको छ । सर्बसम्मत नेतृत्वको चयन नभएको खण्डमा जिल्लाबाट खटि आएका कर्मचारीहरुले प्रकृयागत ढंगले बिधान बमोजिम निर्वाचन सम्पन्न गराउने छन् ।