पाचौं सक्रिय कप खुला फूटबल प्रतियोगिता हुने

दाङ । पश्चिम दाङको चरकमटियामा पाचौं सक्रिय कप खुला फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । सक्रिय युवा क्लब बबई ७ को आयोजना तथा बबई गाउँपालिका वडा नं. ७ को ब्यवस्थापनमा शुभदिपावलीको अबसरमा हुन लागेको प्रतियोगिता यहि कार्तिक १२ गतेदेखि चरकमटिया खेल मैदानमा सुरु हुनेछ ।

पश्चिम दाङमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष पुर्ण पंकज पुन जानकारी दिए ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको पश्चिम दाङ क्षेत्रको खेल गतिविधिलाई चलाएमान बनाउन संचालन गरिन लागिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद ७० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी, बेस्ट किप्पर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, हाई स्कोररलाई पुरस्कृत गरिने क्लवका सचिव सुजनकुमार राम्जाले जानकारी दिए ।

झण्डै एक सातासम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईनेछ । यसैविच आयोजकले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य तवर सम्पन्न गर्नका लागि प्रचार–प्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान मर्मत लगायतका तयारीलाई तिब्र पारेको समेत जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस