परम्परागत हस्तकला तर्फ आक्रशित हुँदै युवाहरु

बर्दिया । परम्परागत हस्तकला तर्फ युवाहरुको आर्कषन बढेको छ । फुर्सदको बेलामा गरेको हर्चालीले आम्दानी पनि हुने र वातावरण मैत्री हुने भएकोले युवाहरुको आर्कषन बढेको हो । आधुनिक समयमा दैनिक उपभोग गरिने बस्तु पलाष्टिकका हुने, जसले वातावरणलाई नै प्रदुशित गर्ने गर्दछ । परम्परागत हस्तकलाका समाग्री प्राकृतिक रुपमा पाईने समाग्रीबाट बन्ने हुनाले वातावरण मैत्री हुन्छ ।

बाँसको चोयाबाट बन्ने यस्ता समाग्री विभिन्न प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ । यसरी परम्परागत सीपको संरक्षण पनि हुने आर्थिक ओपार्जन पनि सहयोग हुने भएकोले युवा पुस्ता सकृय भएको देखिन्छ । धान रोपाई सके पछिको धान न भित्रीदासम्मको समयमा रोजगारीको लागि अन्यत्र गएर दैनिक ज्याला मज्दुरी गर्ने बर्दिया ५ धोवियाका युवाहरु हस्तकला बनाउनमा ब्यस्त देखिन्छन् । कोरोनाले लकडाउनसँगै खाली समयमा आफ्नो बुवाहजुर बुवाहरुसँग प्रदेशि थारु सिक्ने र विभिन्न उपभोग्य बस्तु बनाउने गर्दछन् ।

थारु सस्कृति अनुसार पाहँुनालाई स्वागत गर्न होस् या बैवाहिक कार्यक्रममा होस् डेल्वाको अनिवार्य प्रयोग गरिन्छ । डेल्वा, ढक्या, ढक्ली, पन्छोप्नी आदी हस्तकलाको समाग्री थारु समुदायमा प्रत्येक दिन प्रयोग हुन्छ । जुन प्राकृतिक रुपमा पाईने पुञ्जार कसुङ्गाबाट बनेको हुन्छ । पछिल्लो समयमा परम्परागत हस्तकला समाग्रीको मागमा बढि भएको छ ।

परम्परागत थारु हस्तकलाका समाग्री निर्माण तथा संरक्षणको लागि जासु हस्तकला केन्द्र बाँसगढी नगरपालिका ४ लक्ष्मणपुरमा रहेको छ । बिगत केहि बर्षदेखि हस्तकलाका समाग्री निर्माण र बिक्री वितरण गरि रहेको यो केन्द्रमा ४५ जना महिलाहरुको सकृय सहभागिता रहेको छ । पोखरा, काठमाडौ हँुदै डेनमार्क सम्म आफुले निर्माण गरेको हस्तकलाको समाग्री जानेर र मासिक प्रति ब्यक्ति दशदेखि बाह्र हजारसम्म आम्दानी गर्ने बताउछिन् जासु हस्तकला केन्द्रकी अध्यक्ष कुमाली थारु ।

थारुलगायत अन्य समुदायमा पनि यस्ता किसिमको परम्परागत सीप रहेको छ । यो नेपालको गर्भको विषय हो । यस्ता किसिमको परम्परागत सीपलाई नेपाल सरकारको तीन तहले नितिगत रुपमा नीति बनाई संरक्षण र सम्बर्धन गर्न सके स्थानीय स्तरमा नै आय आर्जनको बाटो हुन सक्छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस