तुलसीपुर नगरस्तरिय कराते प्रतियोगिता हुँदै

दाङ । दाङको तुलसीपुरमा तुलसीपुर नगर स्तरिय कराते प्रतियोगिता २०७८ आइतबारदेखि सुरु हुँदैछ । सितोरियो कराते अरनिको डोजो तुलसीपुर ५ को आयोजनामा कराते हल तुलसीपुर ९ बेलुवामा संचालन हुने प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले गर्ने कार्यक्रम रहेको छ ।

दुईदिनसम्म चल्ने प्रतियोगितामा कुमुते पुरुष तर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ७६ र ६७ प्लस र महिला तर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६० प्लस तौल समुहमा कडा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला पुरुष एकल कातामा प्रतिस्पर्धा हुने आयोजक अरनिको डोजो प्रमुख पदमबहादुर बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा तुलसीपुर पश्चिम क्षेत्रका स्थापित डोजोका झण्डै तीन सय खेलाडिको सहभागीता रहनेछ ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस